जेठ २६,
२०७८,काठमाण्डौ/

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भदौमा पार्टीको १४ औं महाधिवेशन हुने बताएका छन् ।

सभापति देउवाले आज प्रेस विज्ञप्ति निकालेर भदौमा महाधिवेशन हुने प्रष्ट पारेका हुन् । ‘यस्तो विषय परिस्थितिमा पनि हामीले भदौमा पार्टीको महाधिवेशन सम्पन्न गर्नु परेको छ, म देशभरका साथीहरूलाई स्पष्टताका साथ भन्न चाहन्छु, भदौमा महाधिवेशन हुन्छ’ सभापति देउवाले विज्ञप्तिमार्फत भने ।

काँग्रेसले भदौ ७ देखि १० सम्म महाधिवेशन गर्ने गरी यसअघि नै निर्णय गरिसकेको थियो । तर कोरोना महामारीले क्रियाशील सदस्यता वितरणका काम सकिएको छैन । महामारीकै बीच पनि महाधिवेशन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरूले सभापति देउवाको ध्यानाकर्षण गराइरहेका छन् ।

Facebook Comments Box