जेठ २६,
२०७८,सिन्धुपाल्चोक/

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची मेलम्ची नगरपालिकाले एक नदी र दुई खोला छेउका सर्वसाधारणलाई सचेत गराएको छ ।

नगरपालिकाले आजै सूचना जारी गर्दै सचेत गराएको हो । प्रमुख प्रशासकीय अधिकृत झपेन्द्रराज खरेलले मेलम्ची नदी, सिन्धु खोला र ग्याल्थुम खोला आसपास बस्ने सर्वसाधारणलाई सचेत रहेर बस्न आग्रह गर्नुभएको छ । हाल सुरूङ मार्फत काठमाडौँ लगिएको पानी असार एक गतेदेखि पुनः सोहि खोला र नदीमा छाडिने भएकाले जोखिम बढ्न सक्ने भन्दै सावधानी अपनाउन भनेको हो ।

मेलम्ची खानेपानी आयोजनाले असार १ गतेदेखि सुरूङ परीक्षणको क्रममा हाल थुनिएको पानि सोहि खोलामा फर्काउने जनाएको छ ।

Facebook Comments Box