जेठ २७,
२०७८,काभ्रे/

जिल्लाको रोशी गाउँपालिका वडा नं १ का किसानहरुका लागि कृषि औजार वितरण गरिएको छ ।

वडाध्यक्ष श्रीदास लामाका अनुसार ५० वडाबाट प्रतिशत अनुदानमा उक्त सामग्री वितरण गरिएको हो । प्रधानमन्त्री स्वरोजगार आधुनिक कृषि कार्यक्रम अन्तर्गत बागमती प्रदेशद्वारा मकै ब्लग योजना अनुसार रु २५ लाख अनुदान दिएकोमा अनुदान प्राप्त सर्वश्री कृषि सहकारीको अगुवाइमा किसानको २५ लाख गरि रु ५० लाखको कार्यक्रम अनुसार कृषि औजारहरु सोमबार वितरण गरिएको थियो ।

वितरण गरिएको कृषि सामग्रीहरुमा मिनिटेलर ट्याक्टर २८ वटा, डिक्स मेल घट्ट १८ वटा, कन्सेलर विद्युतिय १४ वटा, कन्सेलर हाते १५० वटा, त्रिपाल मकै सुकाउने २०० वटा, औषधि छर्ने स्प्रे पम्प ५० वटा रहेको वडा अध्यक्ष लामाले जानकारी दिए । सहकारीले स्थानीय किसानहरुलाई २ समुह गरी मकै उत्पादन सम्बन्धी ३ दिने तालिम दिनुका साथै सि.पी मकै २२५० के.जी, मकैको लागि चाहिने किटनाशक र भिटामिन औषधि समेत वितरण गरिएको सहकारीले जनाएको छ ।

Facebook Comments Box