जेठ २७,
२०७८,काभ्रे/

जिल्लाको तेमाल गाउँपालिका वडा नं. २ च्युखाकी एक कोशोरीको घाँस काट्न जाँदा लडेर मृत्यु भएको छ ।

घाँस काट्न गएकी १४ वर्षिय सुस्मिता तामाङको धुलिखेल अस्पतालमा मृत्यु भएको हो । वडा सदस्य डिल्लीमान तामाङका अनुसार लडेर घाईते भएकी सुस्मितालाई उपचारको क्रममा धुलिखेल अस्पताल लगिएको थियो ।

उनको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको वडा सदस्य तामाङले जानकारी दिए । सुस्मिता सोही वडामा रहेको सर्वोद्धार माविमा कक्षा ७ मा अध्ययनरत थिईन् ।

Facebook Comments Box