रोशी सहकर्मी–मंङसिर १४,
रविगाउँ/

धुलिखेल नगरपालिका वडा नं. २ को वडा अध्यक्ष पदको लागि शनिवार भएको उपनिर्वाचनमा ८६७ मत सहित नेकपाबाट देवप्रसाद कोईराला बिजयी भएका छन् ।
कुल १५०२ मत खसेकोमा सुर्य चिन्हमा ८६७, रुख चिन्हमा ५८२, हलो चिन्हमा ६, छाता चिन्हमा १५ र बदर मत ३२ रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
कुल एक हजार आठ सय ७७ मतदाता रहेको उक्त वडामा एक हजार पाँच सय दुई ( ८०.०२१ प्रशितशत) मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । बिहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजेसम्म भएको थियो ।
महिला सात सय ५८ र पुरुष सात सय ४४ ले मतदानमा भाग लिएको जिल्ला निर्वाचन कार्यालयका अधिकृत उमेश राईले जानकारी दिनुभयो । उहाँका अनुसारसेतीदेवी मावि माझथुम मदतान स्थलमा केन्द्र ‘क’ मा सात सय ७० र ‘ख’ मा सात सय ३२ मत खसेको थियो ।
वडा नं. २ को वडा अध्यक्ष पदको लागि नेकपाबाट देवप्रसाद कोईराला, नेपाली कांग्रेस पार्टीबाट दर्णबहादुर खत्री, राजपा नेपालबाट कृष्णबहादुर तामाङ र राप्रपा संयुक्तबाट बासुदेव थापा उम्मेदार रहेका थिए । धुलिखेल नगरपालिका २ का निर्वा्चित वडा अध्यक्ष राजन कोइरालाको मृत्यु भएको कारण उक्त वडामा उपनिर्वाचन भएको हो ।

Facebook Comments Box