जेठ २७,
२०७८,काभ्रे/

जिल्लामा आज १६४ जना कोरोना संक्रमित स्वस्थ भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झाका अनुसार आज जम्मा ४४ जना नयाँ संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितमा बनेपा नगरपालिकाका १३ जना, धुलिखेल नगरपालिकाका ५ जना, पनौती नगरपालिकाका ७ जना, पाँचखाल नगरपालिकाका ४ जना, मण्डनदेउपुर नगरपालिकाका ६ जना रहेका छन् । यस्तै भुम्लु गाउँपालिकाका ५ जना, चौरीदेउराली गाउँपालिकाका १ जना, तेमाल गाउँपालिकाका ३ जना र महाभारत गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या १८ सय २४ रहेको छ । जसमा ११७ जना अस्पतालको आईसोलेसनमा र १७ सय ७ जना होम आईसोलेसनमा रहेका छन् ।

बितेको २४ घण्टामा काभ्रेका दुई सहित तीन जना को कोरोना संक्रमण बाट मृत्यु भएको छ । धुलिखेल अस्पतालमा धुलिखेल नगरपालिकाका ४८ बर्षीय महिला र सिन्धुपाल्चोक मेलम्चीकी ५२ बर्षीय महिलाको मृत्यु भएको छ भने सैनिक अस्पतालमा मण्डनदेउपुर नगरपालिकाका ६२ बर्षीय पुरूषको मृत्यु भएको छ ।

Facebook Comments Box