जेठ,२८
२०७८,काभ्रे

नेपाली काँग्रेस कोभिड अनुगमन समिति काभ्रेले आज रोशि र तेमाल गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर वितरण गरेको छ ।नेपाली काँग्रेस केन्द्रीय कोभिड अनुगमन समितिको समन्वय र नेपाल चिकित्सक संघको सहयोगमा उक्त अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको हो ।
कोभिड अनुगमन समिति काभ्रेका संयोजक गुणराज मुक्तानले रोशि गाउँपालिको अध्यक्ष डि। वि। लामा र तेमाल गाउँपालिकाको उपाध्यक्ष दुर्गा माया तामाङलाई १र१ थान कन्सन्ट्रेटर हस्तान्तरण गरेको हो । उक्त हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सचिव दिनेश लामा , सदस्य महेन्द्र थिङ, रोशि गाउँपालिका सभापति लालकुमार पाख्रिन र रोशि गा। पा। वडा नं ७ को वडा अध्यक्ष पोष्टराज गौतमको उपस्थिति रहेको थियो ।

Facebook Comments Box