जेठ २९
२०७८,काभ्रे

कोरोना महामारीको जोखिमको समयमा पनि काभ्रेकोे तेमाल गाउँपालिकाले घरदैलोमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । बैंकसम्म पुगेर भत्ता लिन असहज भएको जेष्ठ नागरिकका समस्यालाई मध्यनजर गदै भत्ता वितरण गरिएको उपाध्यक्ष दुर्गामायाँ तामाङले बताएकी छिन्। घरघरमा गएर तेमाल गाउँपालिका वडा नं ८ का ६४ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकका उपाध्यक्ष तामाङले जानकारी दिइन। उनका अनुसार दोस्रो चरणको यो अभियान वडा नं ३ मा पनि जारी छ । वडा नं ९ मा पनि घरघरमै पुगेर सेवा दिएको बताउँदै आइतबार वडा नं ७ मा यो अभियान संचालन गर्ने गरिनेछ । पालिकाका नौँ वटै वडामा यो अभियानलाई निरन्तरता दिने उपाध्यक्ष तामाङले जानकारी दिइन् ।नारायणथान सिटिजन बैँक सम्म जान नसक्नेलाई वडा कार्यालयमा र वडा कार्यालयसम्म पनि जान नसक्नेलाई घरमै पुगेर भत्ता वितरण गरिएको हो । घरमै भत्ता पाएपछि जेष्ठ नागरिक खुसी भएका छन्

Facebook Comments Box