जेठ २९,
२०७८,काभ्रे/

काभ्रेमा आज २५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार आज ६४ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा बनेपा नगरपालिकाबाट ५ जना महिला र ४ जना पुरुष, पाँचखाल नगरपालिकाबाट १ जना पुरुष, धुलिखेल नगरपालिकाबाट १ जना पुरुष, पनौती नगरपालिकाबाट ३ जना महिला र ४ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट २ जना महिला, १ जना पुरुष र भुम्लु गाउँपालिकाबाट २ जना महिला र १ जना पुरुष गरी २४ जनाकोे रिपोर्ट पोजेटिभ आएकोे कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ऐन्टिजेन परीक्षणमा नमोबुद्ध नगरपालिकाबाट १ जना पुरुषको पोजेटिभ रोपोर्ट आएको छ ।

योसँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या १० हजार ३ सय ८ पुगेको छ । जसमध्ये जना ८ हजार ४ सय ८९ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा काभ्रेमा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । नमोबुद्ध नगरपालिकाका ६० र ५१ वर्षीय पुरुषको उपचारको क्रममा धुलिखेल अस्पतालमा जेष्ठ २८ मृत्यु भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार योसँगै कोरोना संक्रमणका कारण काभ्रेका १ सय ५५ जनाको मृत्यु भएको छ ।

Facebook Comments Box