यश कुमार परियार–जेठ ३०,
२०७८,काभ्रे/

जिल्लाको रोशी गाउँपालिका वडा नं ८ मा रहेको खार्पाचोक युवा क्लबले कोरोना महामारीको समयमा आफ्नो सक्रियता बढाएको छ । पछिल्ला दिन समुदायमा महामारी सम्बन्धि जनचेताना मुलक कार्य गर्दै आएको क्लबले वडामा रहेको स्वास्थ्य चौकी साथै समुदायमा स्वास्थ्य सामग्री वितरण गरेको छ ।

क्लबले वडामा रहेको खार्पाचोक स्वास्थ्य चौकीलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । क्लबका अध्यक्ष लाल बहादुर घिसिङ, जनप्रतिनिधि एवं क्लबका उपाध्यक्ष विजय लामा, सल्लाहकार मुक्त लामाले शनिबार स्वास्थ्य चौकीका ईन्चार्ज मदन पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । स्वास्थ्य संस्थालाई ४ थान अक्सिमिटर, पिपिई ७ थान, थर्मल गन १ थान, सर्जिकल मास्क, ग्लोभ्स, भिटामीन सि, साबुन लगायतका सामग्री हस्ताण्तरण गरिएको क्लबका अध्यक्ष घिसिङले जानकारी दिए ।

यस अभियानमा रोशी गाउँपलिका वडा ५ का युवा व्यावसाय तथा समाजसेबि प्रकाश लामा (पारस), तेमाल गाउँपलिका वडा ८ का समाजसेवि कर्म सिङ लामा लगायत क्लबका सदस्यहरले सहयोग गरेको घिसिङले जानकारी दिए ।

यस्तै क्लबका अध्यक्ष घिसिङका अनुसार समुदायमा रहेको करीब ३ भन्दा बढि घरमा पुगी विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । उनका अनुसार ठूलो गाउँ, पोखरी टोल, किर्दास, नार्के बजार, कोतर्छे, माच्छेगाउँ, लेम्बुवा लागएतका स्थानका प्रत्येक घरमा सावुन, मास्क, भिटामिन सी, सेनिटाइजर लगाएतका स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

Facebook Comments Box