जेठ ३०,
२०७८,काभ्रे/

तेमाल गाउँपालिकाका जेष्ठ नागरिकलाई घरदैलोमै सामजिक सुरक्षा भत्ता वितरण अभियान जारी छ । कोरोना संक्रमण जोखिमका कारण गाउँपालिकाका जनप्रतिनिधिले जेष्ठ नागरिकको घरदैलोमै पुगेर सामजिक सुरक्षा भत्ता वितरण गरिरहेका छन् ।

यसै क्रममा आज गाउँपालिकाको वडा नं ७ का ४५ जनाले सामाजिक सुरक्षा भत्ता लिएका छन् । गाउँपालिकाका उपाध्यक्ष दुर्गामायाँ तामाङका अनुसार यस अघि पोखरी नारायणस्थानमा रहेको सिटिजन बैंकमार्फत भत्ता वितरण कार्य कोरोना महामारीले गर्दा पुर्णता नपाएको र अहिले वडागत रुपमा अभियान थालिएको बताईन् । उनका अनुसार नारायणस्थान सिटिजन बैँक सम्म जान नसक्नेलाई वडा कार्यालयमा र वडा कार्यालयसम्म पनि जान नसक्नेलाई घरमै पुगेर भत्ता वितरण गरिएको हो ।

वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता ज्ञान बहादुर तामाङले वडामा रहेका सम्पुर्ण सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरुलाई घर घरमा नै गई वितरण गरिएको बताए । धेरै जसो व्यक्ती अति जेष्ठ भएकै कारण बैंक सम्म पुग्न नसकेका कारण आफुले पाउनुपर्ने रकम पाउन नसकेको कुरालाई मध्येनजर गरी अभियान थालिएको बताए । पालिकाका ९ वटै वडामा यो अभियानलाई निरन्तरता दिने उनले जानकारी दिए ।

Facebook Comments Box