जेठ ३०,
२०७८,काभ्रे/

जिल्लाको पनौती नगरपालिकाले सहकारीलाई ५ बुँदे निर्देशन जारी गरेको छ । नगरका बचत तथा ऋण उपसमितिको बैठकको निर्णय अनुसार आईतबार बरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारीले यस्तो निर्देशन जारी गरेका हुन् ।

निर्देशनमा असार १ गतेदेखि सबै स्वास्थ्यका मापदण्ड पालना गरी सीमित जनशक्तिबाट सहकारी संस्थाले सवा प्रवाहको ब्यवस्था मिलाउन उल्लेख छ । यस्तै वैशाख, जेठ र असार महिनामा ऋणीहरूले तिर्नुपर्ने ब्याजमा १० प्रतिशतसम्म छुट दिन, ऋणी सदस्यलाई वैशाख, जेठ र असार महिनामा लाग्ने हर्जना तिर्न नपर्ने व्यवस्था मिलाउन भनिएको छ ।

सहकारी संस्थाका सदस्यहरूलाई राहत उपलब्ध गराउन आ आफ्नो सहकारी संस्थामा विपद् ब्यवस्थापन कोष स्थापना गर्न र निषेधाज्ञाको समयमा ऋणको भाखा नागी ऋणी तीर्न नसकेका ऋणीहरूलाई उनिहरूको अनुरोधमा बढीमा ६ महिनासम्म ऋण तीर्न भाखा थप्ने ब्यवस्था मिलाउन निर्देशनमा उल्लेख गरिएको छ ।

Facebook Comments Box