जेष्ठ३१
२०७८, काभ्रे

काभ्रेको रोशी गाउँपालिका १ मा रहेको रोशि अस्थायी अस्पतालाई स्वास्थ्य सामाग्री प्राप्त भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट संघीय सांसद गंगाबहादुर दोङ बमध्वजको पहलमा सो स्वास्थ्य सामाग्री आज अस्पताललाई हस्तान्तरण गरिएको छ ।नेपाली काँग्रेसका महासमिति सदस्य एंव युवा नेता शंखरदास लामाको सहजीकरण र संघीय सांसद दोङको पहलमा उक्त सामाग्री नेपाली काँग्रेसका यूवा नेता एंव रोशी अस्थायी अस्पतालका अध्यक्ष गणेश लामालाई हस्तान्तरण गरिएको हो ।
पिपिइ सेट १० थान, डिस्पोजेवल भिजिटर ज्याकेट १०० पिस, सर्जिकल ग्लोब्स १५० थान, डिस्पोजेवल ग्लोब्स ३०० थान,फेससिल्ड ९३ थान, एन्टिजेन किट,५० थान,अक्सिजन कन्सन्ट्रेटर १ थान, अक्सिजन सिलिण्डर ३ थान,मास्क थर्मल गन,पल्स अक्सिमिटर, लगायत स्वास्थ्य सामाग्री अस्पतालकी स्टाफ नर्स विजया आचार्यले बुझेकी छन् ।सहयोग हस्तान्तरण कार्यक्रममा रोशी गाउँपालिका १ का वडा अध्यक्ष श्रीदास लामा, नेकपा माओवादी केन्द्रका नेता मीन बहादुर लामा ज्वाला, मानवीर लामा, दैवलाल घिसिङ उपस्थित रहेको थियो । त्यसैगरी कार्यक्रममा नेपाली काँग्रेसका नेता पूर्ण घिसिङ,काजीमान लामा,सुमन लामा लगायतको पनि उपस्थित रहेको थियो ।


यस्तै नेकपा माओवादी केन्द्रको प्रवास कमिटिबाट प्राप्त स्वास्थ्य सामाग्री पनि एक साथ हस्तान्तरण गरिएको छ ।

Facebook Comments Box