जेठ ३१,
२०७८,पनौती/

काभ्रेको पनौती नगरपालिका वडा न ७ का कार्यवाहक वडा अध्यक्ष पुरुषोत्तम कर्मचार्यले स्वयमसेविका तथा पनौती स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई छाता लगायत स्वास्थ्य सामग्री वितरण गरेका छन ।

आज पनौती स्वास्थ्य चौकीमा एक कार्यक्रमका बीच कर्मचार्यले १४ स्वययमसेविका र छ स्वास्थ्यकर्मीलाई छाता, मास्क, स्यानिटाइजर, थर्ममिटर लगायत सामग्री वितरण गरेका हुन । कर्मचार्यले बर्षामा स्वयमसेविकालाई फिल्डमा जाँदा समस्या हुने भएकाले छाता लगायतका स्वास्थ्य सामग्री वितरण गरेको बताए ।

उनले वडा सदस्य बापत आउने तलबबाट उक्त सामग्री सहयोग गरेको बताए । उक्त सामग्री हस्तान्तरण कार्यक्रममा वडा सदस्य जीवनरघु श्रेष्ठ, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । कार्यवाहक वडा अध्यक्ष कर्मचार्यले यस सुत्केरीलाई पोसिलो खानेकुराका लागि नगद सहित खाद्यन्न, ध्यू लगायतको सहयोग गर्दै आएका छन ।

Facebook Comments Box