असार ३
२०७८,काभ्रे

खार्पाचोक युवा क्लवको आयोजनामा तामाङ चिकित्सक समाजलाई सम्मान गरेको छ । चिकित्सक समाजका विभिन्न चिकित्सकहरुलाई क्लवले मायाको चिनो र सम्मान पत्रद्दारा सम्मान गरेको अध्यक्ष लाल बहादुर घिसिङले जानकारी दिनुभयो ।
सम्मानित हुने चिकित्सकहरुमा
डा. दिल बहादुर थोकर
डा. निराजन तामाङ्ग
डा. दिपेन लामा
डा. संजित लामा
डा. बिना लामा
डा. मनिता लामा
डा. प्रियंका ढकाल
नर्स संजिता राउत
रहनुभएको छ ।सम्मान कार्यक्रममा प्रमुख अतिथि तामाङ चिकित्सक समाजका अध्यक्ष श्री दिल बहादुर थोकरले कोरोना परिक्षण गर्न आएका डक्टर टोलीलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा विशेष अतिथि खार्पाचोक वडाका जनपतिनिधि वडा सदस्य श्री बिजय थोकर, हर्क घिसिङ अतिथिहरुमा क्लबका सल्लाहकार एबम कन्तिपुर सेविङ एन्ड क्रेडिट प्रली न्युरोड शाखाका प्रबन्धक श्री मुक्त लामा, समाजसेवि जित बहादुर तामाङ लगाएत चिकित्सक टोलीको उपस्थिती रहेको थियो ।खार्पाचोक युवा क्लबको आयोजनामा तामाङ चिकित्सक समाज तथा नेपाल तमाङ्ग घेदुङ्गको विशेष सहयोगमा आयोजित निशुल्क कोभिड १९ परिक्षण एबम स्वस्थ्य सामाग्री वितरण कार्यक्रम समेत गरिएको थियो

Facebook Comments Box