असार ३
२०७८,काभ्रे

मंगलबार राती आएको बाढीका कारण अस्तव्यस्त बनेको मेलम्चीका लागि नमोबुद्ध नगरपालिकाले सहयोग गरेको छ । पालिका–पालिकाबीच सहकार्यको नयाँ सुरुवात गर्दै काभ्रेको नमोबुद्ध नगरलले छिमेकी जिल्ला सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई आर्थिकसँगै खाद्यान्नसमेत सहयोग गरेको हो । आज मेलम्ची पुगेर नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल नेतृत्वको टोलीले मेलम्ची नगरपालिका प्रमुख डम्बरवहादुर अर्याललाई नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधिको सेवा सुविधा तथा कर्मचारीको एक दिनको तलब तथा प्रकोप व्यवस्थापन विशेष कोषबाट ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँको चेक तथा खाद्यान्न सहयोग हस्तान्तरण गरेको छ । प्रमुख प्रशासकीय अधिकृत पौडेलले नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले मेलम्ची नगर प्रमुखलाई पठाउनुभएको लिखित सन्देशसमेत हस्तान्तरण गरेका छन

Facebook Comments Box