असार ३
२०७८,काभ्रे

काभ्रेको तेमाल गाउँपालिकाले वडा वडामै तथा घर दैलोमा गएर दिदै आएको सामाजिक सुरक्षा भत्ता वितरणको काम आज सम्पन्न भएको छ। वडा नं १ देखी ९ सम्मका जम्मा ४३३ जना जेष्ठ नागरिकलाई भत्ता वितरण गरिएको छ । जसमा वडा नं १ मा ८९ जना , वडा नं २ मा ४१ जना,वडा नं ३मा ३० जना वडा नं ४ मा ७ जना वडा नं ५ मा १ जना वडा नं ६ मा ३१ जना वडा नं ७ मा ४५ जना ,वडा नं ८ मा ६४ र वडा नं ९मा १२५ जेष्ठ नागरिक लाभान् वित भएका छन । बाँकी अन्यन्त्र बसोबास गर्ने नागरिकाको लागी भने गाउँपालिकाले सिटिजन्स बैकंको चेकको व्यवस्था गरिदिने उपाध्यक्ष तामाङले जानकारी दिएकी छिन्। कोरोना महामारीको बिचमा पनि गाउँपालिकाले जेष्ठ नागरिकको घर दैलोमा नै पुगेर भत्ता वितरण गरेको हो। नारायणस्थान बैंङसम्म जान नसक्नेहरुलाई वडा कार्यलय र वडा कार्यलयसम्म पनि जान नसक्नेलाई घरैमा पुगेर भत्ता वितरण गरिएको उपाध्यक्ष दुर्गामायाँ तामाङले जानकारी दिएकी छिन । यो अभियान गत शुक्रवारबाट सुरु भएको थियो।

Facebook Comments Box