रोशी सहकर्मी– मंङसिर १५,
काभ्रे/

जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका–२ कुपिन्टारस्थित प्रदेश सरकारको सहयोगमा निर्माण भईरहेको सिँचाइ आयोजनामा २६ लाख ६२ हजारको काम भइसकेको छ । प्रदेशसभा सदस्य रत्न ढकालका अनुसार सिँचाइ आयोजनाका लागि प्रदेश सरकारले एक करोड ८२ लाखको योजना स्वीकृत गरी काम भईरहेको बताए । करीब ३०० हेक्टर खेतीयोग्य जमीनमा सिञ्चित गर्ने उद्धेश्यले चमेरो ओढार सिँचाइ आयोजना तयार गरी प्रदेश नं ३ सरकारको बजेट सहयोगमा काम थालिएको हो । यस आयोजनाबाट २०० घरधुरीका किसान लाभाविन्त हुनेछन् ।
कृषि उत्पादनको उर्वरभूमि कुपिन्टार र सोक्तेललगायतका ठाउँमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले भइरहेको कामको अहिलेसम्ममा उपभोक्ताबाट गर्नुपर्ने काममध्ये १५ प्रतिशत काम भइसकेको ढकालले बताए । यस सिँचाइ कुलो निर्माणका लागि ठेक्काको काम पाएका निर्माण व्यवसायी दावा घिसिङका अनुसार निर्माणका लागि आवश्यक पर्ने सामग्री सबै ल्याइसकेकाले उपभोक्ता समितिबाट गर्नुपर्ने काम यही महिनाभित्रमा निर्माण सम्पन्न गरिसक्ने छ । यस आयोजना वि.सं २०७५ असार ३० गते सम्झौता भएको थियो ।

Facebook Comments Box