असार ३
२०७८,काभ्रे

आज बिहान कोशि नदिमा डुबेर तेमाल गाउपालिका वडा नं ७ को एक महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोक को बाढीले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा तेमाल गाउपालिका वडा न ७ ढुल्खु स्थाइ घर भएकी गिता कुमारि शाह को डुबेर मृत्यु भएको हो आज बिहान करिब ९ बजे रामेछापका स्थानिय बासिले कोसीमा लास देखेपछि स्थानिय बासिले रामेछाप प्रहरि चौकिलाइ खबर गरेका थिए । रामेछाप प्रहरि चौकीले तेमाल गाउपालिका मा खबर गरेको स्थानियबासी शलाक दोङ ले जानकारि दिएका छन ।
त्यहाँका प्रत्यक्ष दर्शिका अनुसार दाउरा लिन आमा ,बुहारि,छोरि गएका मा छोरी गीता कुमारी शाह को नदिमा डुबेर मृत्यु भएको बताएका छन । लासलाई अहिले पोस्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको ईलाका प्रहरी कार्यलय काभ्रे मंगलटारका प्रहरी निरिक्षक शेखर खड्काले जानकारी दिएका छन।

Facebook Comments Box