रोशी सहकर्मी–मंङसिर १६,
तेमाल/

जिल्लाको तेमाल गाउँपालिका वडा नम्बर १ मा योजना सम्झौता तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गाँउपालिका उपाध्यक्ष दुर्गा माया तामाङका अनुसार वडा नं १ कार्यलयमा २४ वटा योजना सम्झौता भएको छ । सम्झौता भएका योजनाहरुमा खानेपानी, सडक निर्माण, मन्दिर, वडा कार्यालयको भवन निर्माण लगायत रहेको वडाध्यक्ष मान बहादुर श्रेष्ठले जानकारी दिए । वडामा चालु आर्थिक वर्षका लागि भौतिक निर्माण तर्फका २ वटा खानेपानी, ४ वटा मन्दिर, १० वटा सडक लगायतका योजना सम्झौता भएको छ । वडाध्यक्ष श्रेष्ठका अनुसार भौतिक निर्माणका बाहेक वडास्तरीय कृषि, पशु औषधी ब्यवस्थापन, महिला सीप विकास, दलित आयआर्जन र तामाङ साँस्कृतिक प्रवद्र्धन सम्बन्धी योजना सम्झौता भएका छैनन् । छनौट भएको योजनाहरुमा १ लाख देखि ४० लाखसम्मका छन् । चालु आर्थिक वर्ष २०७६र७७ का लागि वडाले २८ वटा योजना छनौट गरी बजेट विनियोजन गरेको थियो ।
गाँउपालिकाका उपाध्यक्ष दुर्गामाया तामाङले योजना सम्झौताका लागि स्थानीयलाई पालिकासम्म जान नपरोस भनेर वडा कार्यालयम नै गएर योजना सम्झौता गरेको बताईन् । गाँउपालिकामै धाउनु पर्ने बाध्यता थियो तर यसपालि भने सम्बन्धित वडा कार्यालयमै पुगेर योजना सम्झौताका लागि सहजीकरण गरिएको उपप्रमूख तामाङले बताएकी छन् । कार्यक्रममा प्रमूख प्रशासकीय अधिकृत लक्षमण कुईकेल, योजना शाखाका राजकुमार तामाङ, गाँउपालिका र वडाका कर्मचारी लगाएत वडा बासीहरुको उपस्थित रहेका थिए । सम्झौता भएका योजनाको अवधि २०७६ चैत मसान्तसम्म तोकिएको छ ।

Facebook Comments Box