असार १४,
२०७८,काभ्रे/

जिल्लाको रोशी गाउँपालिकाले ९० प्रतिशत अनुदानमा कृषकहरुलाई वितरण गरेको ड्रागन फ्रुट फल्न थालेको छ ।

डेढ बर्ष अगाडि वितरण गरेको ड्रागन फ्रुट अहिले फल्न थालेको अनुगमनका क्रममा रोशी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालले जानकारी दिए । गाउँपालिकाले गरेको कार्य मध्ये यो पनि सफल भएकोमा उनले खुसी व्यक्त गरे ।

विरुवाको स्याहार, गोडमेल थाक्रा र मलजलको व्यवस्थापन गर्न सकेमा फल छिटो फलाएर छिट्टै उपलब्धि पाउन सकिने कृषक तारा गौतमले बताए । साथै रोशीमा ड्रागन फलको लागि चाहिने आवश्यक हावा, पानी र माटो भएको कारण वेशी भेगमा यसको व्यवसायिक खेतीको सम्भावना रहेको गौतमले पनि बताए ।

Facebook Comments Box