रोशी सहकर्मी–मंङसिर १६,
काभ्रे/

नेपाल सरकारको भिजिट नेपाल २०२० को अवधारणा सफल पार्नका निमित्त प्रथम तेमाल म्याराथुन (दौड) प्रतियोगिता आयोजना हुने भएको छ । नमोबुद्ध तिमाल समाज नेपाल नमोबुद्ध नगरपालिका –५ कोट तिमालको आयोजनामा यही मंङसिर २६ गते प्रतियोगिता हुने भएको हो । कार्यक्रमको उद्धघाटन सरकारका प्रवक्त संचार मन्त्री गोकुल बाँस्कोटाले गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम हुनेको लागी ५० हजार, दोश्रोको लागी ३० हजार, तेश्रोको लागी २० हजार, चौथाको लागी १० र पाँचौको लागी ५ हजार पुरस्कार रकम रहेकोे आयोजकले जानकारी दिएको छ । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको पनि प्रस्तुति रहनेछ । आयोजकका अनुसार मंङसिर २४ गते सम्म फारम भर्ने अन्तिम मिति रहेको छ ।

Facebook Comments