असार १४,
२०७८,काभ्रे/

काभ्रेमा कोरोना संक्रमणलाई जित्नेको संख्या दिन प्रतिदिन बढ्दै गईरहेको छ । जिल्लामा आज ११० जना निको हुँदा ५७ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए ।

आज थपिएका संक्रमितमा सबैभन्दा बढी पनौती नगरपालिकामा १७ जना पुरुष र १० जना महिला छन् । बनेपा नगरपालिका ७ जना पुरुष र ८ जना महिला छन् । धुलिखेल नगरपालिकामा ७ जना महिला र ६ जना पुरुष, मण्डनदेउपुर नगरपालिकामा १ जना पुरुष र भुम्लु गाउँपालिकामा १ जना पुरुषमा सं क्रमण पुष्टि भएको छ ।
योसँगै जिल्ला कोरोना भाईरसको सक्रिय संक्रमितको संख्या ३६७ मा झरेको छ । जसमा होम आईसोलेसनमा ३१९ र अस्पतालको आईसोलेसनमा ४८ जना रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

Facebook Comments Box