शंख दोङ–मंङसिर १६,
तेमाल/

तेमाल गाउँपालिका वडा नं ६ ठुलो पर्सेल पकुवालमा रहेको श्री महाँकाल आधारभुत विधालयको ४९ औँ बार्षिक उत्सव तथा १९ औँ अभिभावक दिवस सम्पन्न भएको छ । तेमाल गाँउपालिका वडा नं ६ का वडा अध्यक्ष विकुलाल तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विध्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्न कुमार मगरको सभापतित्व रहेको थियो । ७ जना शिक्षकहरु रहेका यस विधालयमा ७७ जना विधार्थिहरु अध्यनरत रहेको विधालयका प्रधानअध्यापक सुमन राणा मगरले जानकारी दिए । कार्यक्रममा पन्चकन्या माध्यमिक विध्यलयका प्र.अ. टंकमान तामाङ, श्री काली देवि आधारभुत विधालयका प्र. अ. चन्द्र प्रसाद मैनाली, निर्मल आधारभुत विधालयका शिक्षक जित ब. तामाङ , विभिन्न विध्यलयका प्रतिनिधि, अभिभावकहरुको उपस्थिति रहेको सहकर्मी शंख दोङले जानकारी दिएका छन् ।

Facebook Comments Box