रोशी सहकर्मी–मंङसिर १७,
तेमाल/

जिल्लाको तेमाल गाउँपालिका वडा नम्बर २ मा योजना सम्झौता तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गाँउपालिका उपाध्यक्ष दुर्गा माया तामाङका अनुसार वडा नं २ कार्यलयमा १६ वटा योजना सम्झौता भएको छ । सम्झौता भएका योजनाहरुमा वडा कार्यालयको भवन निर्माण, खानेपानी सिंचाई, सडक निर्माण, मन्दिर, गुम्बा, खेलकुद विकास, संस्कृती विकास, संचार, लैङ्गीक हिंसा न्युनिकरण लगायत विभिन्न योजनाहरु रहेको उपाध्यक्ष तामाङले जानकारी दिईन् । त्यस्तै कुल २९ वटा योजना मध्य वडामा १३ वटा योजना सम्झौता भएका छैनन् । सम्झौता नभएका १३ वटा योजनाहरु कार्यक्रम अन्तर्गत रहेकाले त्यस्लाई सम्झौता गर्नु नपर्ने साथै प्रस्थावना र कोटेसनबाट हुने भएका कारण गाँउपालिकामा सम्पर्क गरी कार्यक्रम संचानल गर्न सकिने पनि उपाध्यक्ष तामाङले जानकारी दिईन् । त्यस्तै सडक र खानेपानीको २ वटा योजनाहरु डि.पि.आर. तयार पारी काम अगाडि बढाउने पनि बताईन् ।
त्यस्तै योजना छनौट कार्यक्रम पश्चात वडामा अभिमुखिकरण कार्यक्रम पनि भएको थियो । अभिमुखिकरणमा कसरी योजना छनौट गर्ने देखि कार्यपालिकाबाट परित भई योजना सम्पन्न सम्मको विषयमा जानकारी गराईएको थियो । चालु आर्थिक वर्ष २०७६–७७ का लागि वडाले २९ वटा योजना छनौट गरी बजेट विनियोजन गरेको थियो । वडामा चालु आर्थिक बर्षको लागी ८६ लाख २२ हजार ८ सय ९० बजेट रहेको छ । सम्झौता भएका योजनाको अवधि २०७६ चैत मसान्तसम्म तोकिएको छ । कुल ६.६९ वर्ग कि.मि. क्षेत्रफल रहेको यस वडामा २६ सय ६० जनसंख्या रहेको छ ।
कार्यक्रममा प्रमूख प्रशासकीय अधिकृत लक्षमण कुईकेल, योजना शाखा प्रमुख राजकुमार तामाङ, वडा अध्यक्ष तिमाल सिं तामाङ, वडा सचिव ईन्द्र चिमौरीया, वडा सदस्य पार्वती श्रेष्ठ, डिल्ली मान तामाङ, प्रताप सिं तामाङ, गाँउपालिकाका कर्मचारी सरस्वती त्रीपाठि लगायत वडावासीहरुको उपस्थिती रहेको थियो । गाँउपालिकाले मंङसिर २५ गते सम्म सबै वडामा योजना सम्झौता गर्ने लक्ष्य लिएको छ ।

Facebook Comments