असार २४,
२०७८,काभ्रे/

खानीखोला नदीमा अचनाक आएको बाढीले बगाएका २८ वर्षीय अनिल वाईबाको शव सिन्धुलीमा भेटिएको छ । काभ्रेको खानीखोला गाउँपालिका वडा नम्बर ६ स्यार्ते पावरहाउस नजिकबाट खानीखोला नदीमा अचनाक आएको बाढीले हिजो उनलाई बगाएको थियो ।

ताल्ढुङ्गा प्रहरी चौकीका असई महेश दाहालका अनुसार बाढीले बगाएर बेपत्ता भएका वडा नम्बर २ खोरभञ्ज्याङ्का २८ वर्षीय अनिल वाईबाको शव सिन्धुलीको हरिहरपुर गाउँपालिका वडा नम्बर ३ स्थित तामोर र बागमती नदीको दोभान पीपलमाडी घण्टेमा फेला परेको हो ।

उनका अनुसार गाउँपालिकाको केन्द्र ताल्ढुंगा जाने क्रममा नदी तर्दै गर्दा वाईबालाई बाढीले बगाएर बेपत्ता बनाएको थियो ।

Facebook Comments Box