असार २६,
२०७८,काभ्रे/

काभ्रेमा आज १६ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।

यस्तै आज १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा ६ जना, पनौतीमा ३, धुलिखेलमा ३, पाँचखालमा १, रोशीमा १ जनागरी जम्मा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी काभ्रेमा कुल कोरोना संक्रमित संख्या ११ हजार ४४२ पुगेको कार्यालयले जनाएको छ। त्यसमध्ये १० हजार ८५१ जना डिस्चार्ज भएका छन् ।

Facebook Comments Box