रोशी सहकर्मी–मंङसिर २१,
धुलिखेल/

बीपी राजमार्ग अन्र्तगत धुलिखेल नगरपालिका वडा न ९ तिरतिरे धारामा बसको ढोकाबाट खस्दा घाईते भएका एक यात्रुको मृत्यु भएको छ ।
शनिवार झापा जिल्लाको कांकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ६ ख ९१३८ नम्बरको बसको ढोकाबाट खसेका ४२ बर्षीय खड्ग नारायण श्रेष्ठको मृत्यु भएको हो । झापा जिल्ला तोपगाछी गाउँपालिका ७ का श्रेष्ठ बसको ढोकाबाट खसेपछि उपचारका लागि धुलिखेल अस्पतालमा पु¥याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय काभे्रका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक गिरीले जानकारी दिए ।
उनका अनुसार बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएर घट्नाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।

Facebook Comments