रोशी सहकर्मी–मंङसिर २१,
पाँचखाल/

अर्थमन्त्री युवराज खतिवडाले पाँचखाल नगरपालिका वडा न ७ र ८ मा निर्माण भइरहेको बिशेष आर्थिक क्षेत्र (सेज) को अवलोकन गरेका छन । मन्त्री खतिवडाले भौतिक संरचना निर्माणको जिम्मा पाएको कम्पनिलाई रकमका कारण काम नरोक्न निर्देशन दिए ।
मन्त्री खतिवडाले निर्माणाधिन प्रशासनिक भवन, पर्खाल तथा जग्गा लगायतका विषयमा जानकारी लिएका थिए । अर्थमन्त्री खतिवडाले पाँचखालमा बन्न लागेको मदन भण्डारी विश्वबिद्यालय, अरनिको राजमार्ग विस्तार, औद्योगिक क्षेत्र निर्माण लगायतका काम चाँडै अगाडि बढाउने बताए ।
सेजको काम भइरहेको उक्त क्षेत्रका पर्खालको काम सकिने लागेको छ भने भवनको मुख्य संरचनाको काम भईरहेको छ । करिब १६ करोडको लागतमा सेजको पर्खाल र भवन बनिरहेको आयोजनाले जानकारी दिएको छ ।

Facebook Comments