असार २९,
२०७८,काभ्रे/

जिल्लाको पनौती नगरपालिकाले हरेक महिनाको १ दिन अपाङ्गता परिचयपत्र वितरण गर्ने भएको छ ।

मुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्लेले आज एक सूचना जारी गर्दै आगामी साउन महिनादेखि महिनाको एक दिन अपाङ्ग परिचय पत्र वितरण हुने जानकारी दिएका हुन् ।

नगरपालिकाले यसअघि प्रत्येक महिनाको २ र १७ गते वितरण गर्दै आएको थियो । अब हरेक महिनाको १७ गते अपाङ्गता भएका ब्यक्तिले परिचयपत्र लिन पाउने छन् ।

यो नियम आगामी साउन महिना देखि लागु हुने प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्लेले जानकारी दिए ।

Facebook Comments Box