रोशी सहकर्मी–मंङसिर २१,
काभ्रे/

भूकम्पका कारण भत्किएका निजी आवास निर्माण ग्रामीण क्षेत्रमा बढी बनेका भएपनि शहरी क्षेत्रमा भने कम बनेको पाइएको छ । काभे्रका १३ वटा स्थानीय तह मध्ये गाउँपालिकामा आवास निर्माण सन्तोषजन रहेपनि शहरी भेगका नगरपालिमाका सोचेजस्तो प्रगती हुन नसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अन्र्तगत जिल्ला आयोजना कार्यान्वयन इकाई (जिमाली) ले जनाएको छ ।
जिमाली काभे्रका प्रमुख सागर आचार्यले ग्रामीण भेगमा भन्दा शहरउन्मुख क्षेत्रमा आवास निर्माण कम रहेको बताउनुभयो । ग्रामीण भेगमा आवास निर्माणमा कम खर्च हुने तर शहरी भेगमा बढी खर्च लाग्ने भएकाले पनि कम आवास बनेको भूकम्प पीडितहरुको भनाई छ । नक्सा पास, भवन संहिता, जग्गामा सडक हुनुपर्ने, कम जग्गा, सहज ऋण नपाउनु लगायतका कारणले पनि शहरी भेगमा कम आवास बनेको पीडितले गुनासो गर्ने गरेको प्रमुख आचार्यले बताउनुभयो । उहाँका अनुसार नमोबुद्ध नगरपालिकामा सबै भन्दा कम निजी आवास बनेको छ । छ हजार ३९० लाभग्राही रहेको यस नगरपालिकामा तीन हजार २० ले मात्र निजी आवास निर्माण सकेका छन । यस नगरका तीन हजार ९७१ ले दोस्रो किस्ता वापतको रकम लिएका छन ।

Facebook Comments Box