असार ३०,
२०७८,काभ्रे/

आफैँले बोकेको इन्सास राइफलले आफैँलाई गोली हानी नेपाली सेनाका सिपाही अम्विर तामाङले आत्महत्या गरेका छन् । महोत्तरीको प्रकौली स्थित रणभिम गणमा कार्यरत रामेछापको लिखु तामाकोशी गाउँपालिका ५ घर भएका तामाङले आज बिहान आफ्नो दाहिने कन्चटमा गोली हानी आत्महत्या गरेका हुन ।

बिहान ३ बजेदेखि ६ बजेसम्म ब्यारेकको पेरिमिटरभित्र रहेको कर्नेल बस्ने बंगलाको छेउमै रहेको कोत ड्युटीमा थिए । उनीसँगै रहेका अर्का सिपाहीको ड्युटी सकेर हतियार वुझाउन गएको वेला उनले आफुलाई गोली हानेका थिए ।

करिब पाँच वर्षदेखि सेनामा कार्यरत रहेका मृतक तामाङले आफुलाई गोली हान्नुको कारण भने खुल्न सकेको छैन । उनको शव राखिएको स्थल सिल गरिएको छ । घटनाको अनुसन्धान भइरहेको र अनुसन्धान पछि मात्र थप कुरा खुल्ने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए ।

Facebook Comments Box