असार ३०,
२०७८,सिन्धुपाल्चोक/

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको चौतारा अस्पतालका लागि ब्लड स्टोरेज गर्न रेफ्रिजेनेरेटर दिएका छन् ।

चौतारा अस्पताल पुगेर बस्नेतले स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईलाई रेफ्रिजेनेरेटर हस्तान्तरण गरेका हुन् । रगतको अभावमा कोहीले मृत्युवरण गर्न नपरोस् भनेर रेफ्रिजेनेरेटर हस्तान्तरण गरेको बस्नेतले बताए ।

४ सय लिटरको रेफ्रिजेनेरेटर खदिरका लागि नेपाली कांग्रेस भोटेकोशी गाउँपालिकाका कोषाध्यक्ष अमृत कार्कीसहितको समूहले सहयोग गरेको थियो । बस्नेतले यसअघि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रका लागि पनि ४ सय लिटरको ब्लड स्टोरेज रेफ्रिजेनेरेटर दिएका थिए । जिल्लाकै अस्पतालहरुमा गर्न सक्ने उपचार रगतको कारण काठमाण्डौ आउनुपर्ने अवस्थावाट अब सिन्धुपाल्चोकको बिरामीहरूले मुक्ति पाउने बस्नेतले विश्वास गरे ।

Facebook Comments Box