रोशी सहकर्मी–मंङसिर २१,
पाँचखाल/

कृषिका लागि उर्वर मानिएको पाँचखाल नगरपालिकाले खेती योग्य जमिनमा प्लटिङ गर्न ‘प्रतिबन्ध’ लगाएको छ । ‘पाँचखाल नगर, कृषि सहर’ अभियान लिएर अगाडि बढेको पाँचखाल नगरपालिकाले खेती योग्य जमिनमा प्लटिङ ‘प्रतिबन्ध’ लगाएको हो ।
पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले खेती योग्य जमिनमा प्लटिङ गरेर घर जग्गाका लागि खडेरी बिक्रीका लागि पूर्ण रुपमा नगरपालिकाले ‘प्रतिबन्ध’ लगाएको बताउनुभयो । खेतीयोग्य जमिन बाहेक अन्य भूभागमा भने प्लटिङ गर्न सकिने नगर प्रमुख खरेलको भनाई छ । पाँचखाललाई आर्गानिक तरकारी र खाद्यन्न उत्पादनको रुपमा अगाडि बढाउन नगरपालिका लागि परेको छ । नगरप्रमुख खरेलले ‘पाँचखाल नगर, कृषि सहर’ बनाउन आफु दृढ रहेको बताउनुभयो । अहिले पनि केही व्यक्तीले आफू खुशी प्लटिङ गरिरहेको भएपनि त्यसका लागि चाहिने कुनै पनि सिफारिस नगरपालिकाले नदिने नगर प्रमुख खरेलले बताउनुभयो ।

Facebook Comments Box