साउन २,
२०७८,काभ्रे/

जिल्लामा आजन थप १८ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज १६ जना मात्रै नयाँ संक्रमित थपिएका छन् ।

आज थपिएकोमा सबैभन्दा धेरै पाँचखाल नगरपालिकाका ८ जना छन् । यस्तै बनेपा नगरपालिकाका ६ जना, चौरीदेराली र भुम्लु गाउँपालिकाका १/१ जनामा संक्रमण क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झाले जानकारी दिए । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ५२९ पुगेको छ । जसमा ३१ जना अस्पतालको आईसोलेसनमा छन् । ४९७ जना होम आईसोलेसनमा रहेका छन् ।

यसैबिच, काभ्रेमा ५५ वर्षदेखि माथिका उमेर समुहका नागरिकलाई भेरोसेल भ्याक्सिनको पहिलो मात्रा लगाउने कार्य चलिरहेको छ । जसअन्तर्गत आज जिल्लाभर ५५६ जनाले खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चौरीदेउराली गाउँपालिकामा ३२१ जना, नमोबुद्धमा १८२, आर्मी ब्यारेक धुलिखेलमा ५३ जना गरी जम्मा ५५६ जनालाई खोप लगाईएको छ ।

Facebook Comments Box