साउन ३,
२०७८, रातमाटे (नमोबुद्ध)/

नमोबुद्ध नगरपालिका वडा नं. २ का कृषकलाई अनुदानमा मिनिटिलर सहितका कृषि औजार र उपकरण वितरण गरिएको छ ।

आर्थिक बर्ष २०७७/७८ को कार्यक्रम अनुसार आइतबार वडाका ६५ जना कृषकले कृषि औजार र उपकरण पाएका छन् । आज आइतबार आयोजित एक कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल र वडा नं. २ का वडाअध्यक्ष सञ्जीव ढकालले वडाका कृषकलाई ती सामग्री हस्तान्तरण गरे ।

कार्यक्रममा कुल ३२ जना कृषकलाई मिनिटिलर हस्तान्तरण गरिएको छ । जसमध्ये वडा कार्यालयले नगरपालिकाबाट प्राप्त दुई वटा तथा वडाको बजेटबाट व्यवस्था गरिएको १६ वटा सहित १८ वटा एवं प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत तरकारी ब्लक प्रवद्र्धन एवं विकास कार्यक्रम अन्तर्गत कृषक समूह÷सहकारीमार्फत थप १४ वटा मिनिटिलर (ट्रयाक्टर) वितरण गरिएको छ । यस्तै १० वटा च्याफ कटर (भुसा काट्ने मेसिन) तथा २३ वटा इलेक्ट्रिक पम्प वितरण गरिएको छ । कृषकहरुलाई मिनिटिलर र इलेक्ट्रिक पम्प ५० प्रतिशत अनुदानमा उपलव्ध गराइएको छ भने च्याफ कटर ७५ प्रतिशत अनुदानमा उपलव्ध गराइएको छ ।

कृषकलाई कृषि औजार एवं उपकरण वितरण गर्दै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले कृषि क्षेत्रलाई नगरपालिकाले विशेष प्राथमिकतामा राख्दै कृषिसम्वन्धी कार्यक्रमहरु अघि बढाइएको बताए । वडा नं. २ का वडाअध्यक्ष सञ्जीव ढकालका अनुसार मिनिटिलरका लागि १ सय ६७ जना, च्याफ कटरका लागि ६२ जना कृषकले निवेदन दिएका थिए भने २३ जना कृषकले इलेक्ट्रिक पम्पका लागि निवेदन दिएका थिए । किसानले आवेदन दिएकोमा गोलाप्रथाबाट छानिएका किसानलाई सामग्री वितरण गरिएको हो ।

सोही कार्यक्रममा केही सअघिअघि अयोजना गरिएको नगरस्तरीय उपमेयर कप भलिबल प्रतियोगितामा विजयी भएका वडा नं २ का खेलाडीहरुलाई सम्मानका साथै नगद पुरस्कारसमेत वितरण गरिएको थियो ।

Facebook Comments Box