रोशी सहकर्मी–मंङसिर २२,
धुलिखेल/

काभ्रेपलाञ्चोक जिल्लाका ६ गाउँपालिकामा आमा तथा नवजात शिशुहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय काभे्रका प्रमुख डा. नरेन्द्रकुमार झाले खानीखोला गाउँपालिका, महाभारत गाउँपालिका, रोसी गाउँपालिका, तेमाल गाउँपालिका, बेथानचोक गाउँपालिका र चौँरीदेउराली गाउँपालिकामा नेपाल सरकारको मातृ तथा नवजात शिशु सम्बन्धी नीति, रणनीति र प्राथमिकिकरणलाई सघाउ पु¥याउने गरी कार्यक्रम गर्न लागिएको बताए । उनले उक्त कार्यक्रमका लागि अन्र्तराष्ट्रिय गैरसरकारी संस्था वन हर्ट वल्र्डवाइड गर्न लागेको हो जानकारी दिए ।
वन हार्टका प्रोग्राम डाइरेक्टर गीता शर्माले मातृ तथा नवजात शिशुको अकाल मै हुने मृत्यु रोक्न काभे्रका छ गाउँपालिकामा कार्यक्रम गर्न लागेको बताइन । उनका अनुसार गर्भवती महिलालाई केन्द्रमा राखेर, परिवार, समुदाय, महिला स्वास्थ्य स्वयमसेविका, तालिम प्राप्त प्रसूतिकर्मी तथा स्वास्थ्य संस्थालाई सहयोग गर्ने नीति लिइएको छ । विकट रहेका यस क्षेत्रमा अझै पनि स्वास्थ्य सेवा लिन कै लागि सदरमुकाम धुलिखेल, बनेपा आउनुपर्ने बाध्यता रहेको छ । अधिकांश वडामा अझै पनि बर्थिङ सेन्टर नै नभएको र भएकामा पनि कर्मचारी अभावमा सञ्चालन नभइरहेको अवस्थामा यो कार्यक्रम फलदायी हुने जिल्ला समन्वय समितिमा प्रमुख उद्धव केसीले बताए ।
सन् २०१९ मा सुरु भएको कार्यक्रम सन् २०२४ सम्म सञ्चालन हुने छ । १८ जिल्लाका मातृ तथा नवजात शिशु सम्बन्धी कार्यक्रम गर्दै आएको वन आर्टले प्रदेश न ३ को काभे्र र दोलखामा सञ्चालन गर्ने र धादिङमा कार्यक्रम अन्तिम चरणमा रहेको जनाएको छ ।

Facebook Comments Box