रोशी सहकर्मी–मंङसिर २२,
डाँडापारि/

विकट महाभारत गाउँपालिकामा बिद्यालय पुननिर्माणले तीव्रता पाएको छ । भूकम्प अगाडि सामान्य बिद्यालय भवन रहेका र भूकम्पका कारण सबै भत्किएका यस गाउँपालिकाका ३२ बिद्यालयमा भूकम्पपछि पक्की भवन निर्माण भइसकेका छन भने बाँकी रहेका भवन पनि धमाधम बनिरहेका छन ।
महाभारत गाउँपालिका वडा न १ गोकुले माध्यमिक बिद्यालयका प्रधानध्यापक पदमप्रसाद तिमल्सिनाले पक्की भवनको कल्पनै गर्न नसकिने यस भेगमा पक्कि भवनले खुशी दिएको बताए । सडक नहुँदा बिद्यालय निर्माणमा नै ढिलाई भएको थियो । तिमल्सिनाले भने– अझै बिद्यालयको पक्की भवन त हाम्रा लागि बरदान नै भयो । उनले भूकम्पपछिको बिद्यलयको पुन निर्माण यस क्षेत्रका लागि बरदान नै बनेको बताए ।
मुलुक सङ्घीय संरचनामा गएसँगै भएका स्थानीय तहको पुनसंरचनाले महाभारतको विकासलाई फड्को मार्न सकेको स्थानीयहरु बताउँछन । स्थानीय सरकार आएसँगै भएको सडक विस्तारले विकटमा पनि पक्की भवन बन्न सम्भव भएको उनीहरुको भनाई छ । पक्की बिद्यालयका भवन निर्माण भएपछि स्थानीय, शिक्षक, बिद्यार्थी, अभिभावक खुशी भएका छन । २०७२ बैशाखको विनासकारी भूकम्पका कारण ५६ महिना टहरा मै पढ्दै आएका यहाँका बिद्यार्थी सुविधा सम्पन्न भवनमा पढन पाएपछि खुशी भएका हुन ।
बिद्यार्थीको अत्याधिक चाप रहेको यस गाउँपालिकामा विकटता कै कारण बिद्यालयलाई आवश्यक भवन निर्माण गर्न नसक्दा अझै बिद्यार्थीहरु टहरा मै बस्न बाध्य छन । कतिपय स्थानीयहरुले घण्टौ सामग्री बोकेर पनि पक्की बिद्यालय भवन निर्माण गरेका छन ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का प्रमुख द्धारिका पोखरेलले विकट रहेका यस भेगमा ३२ बिद्यालय निर्माण सम्पन्न भएको बताए । उनका अनुसार ४९ बिद्यालय मध्ये ३२ बिद्यालय सम्पन्न भएका हुन । बाँकी रहेका बिद्यालय पनि निर्माण भइरहेका छन ।
जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का इन्जिनियर सोवित श्रेष्ठले कतै पनि सडक नभएका कारण बिद्यालय निर्माण भइरहेको ढिलाइलाई गाउँपालिको पहलमा खनिएका सडकले सहजता थपेको बताए । उनले महाभारत गाउँपालिकामा १६ करोड ३३ लाख ५३ हजार रुपियाँ बिद्यालय निर्माणका लागि खर्च भएको बताए । महाभारत गाउँपालिका वडा न ५ मा रहेको ग्रामोन्नती माध्यमिक बिद्यालय केन्दीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत २१ कोठे सुविधा सम्पन्न आठ करोड ६४ लाख ४२ हजार रुपियाँ लागतमा बनिरहेको छ । त्यस्तै वडा न १ मा रहेको भैरव माध्यमिक बिद्यालय भारतीय राजदुतावास मार्फत बनाउने सहमती भएको छ ।
महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्वाले सडक कै कारण कतैपनि बिद्यालय भवन निर्माण नरोकिने बताए । उनले साढे दुई बर्षमा सबै वडा÷वडामा सडक निर्माणलाई प्राथकिमता दिएको बताए । जिल्ला सदरमुकाम जोड्ने सडक अझै निर्माण सम्पन्न हुन नसकेको उक्त गाउँपालिकामा अन्य सहायक मार्ग भने खनिएका छन् ।

Facebook Comments