रोशी सहकर्मी–मंङसिर २२,
महाभारत/

महाभारत गाउँपालिकामा निर्माण सम्पन्न भएका भवनको उद्घाटन तथा निर्माणाधिन भवनको शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले वडा न ४ मा रहेको शुभकामना प्राथमिक बिद्यालय, वडा न ३ मा रहेको भैरवेश्वर आधारभुत बिद्यालय र वडा न ७ मा रहेको ज्योती आधारभुत बिद्यालयको उद्घाटन गरेका थिए । वडा न ३ मा रहेको सिद्धेश्वर माध्यामिक बिद्यालय, वडा न ६ मा रहेको जनमोहन माध्यमिक बिद्यालय र वडा न १ मा रहेको गोकुले माध्यमिक बिद्यालयको भवन शिलान्यास गरेका थिए ।
तीन बर्षदेखी भवन बनाउन बजेट आएपनि अझै निर्माण सम्पन्न नगरेका भवनको पनि अनुगमन गाउँपालिका अध्यक्ष जिम्वाको नेतृत्वमा जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का प्रमुख द्धारिका पोखरेल, इन्जिनियर सोवित श्रेष्ठ, पत्रकार महासंघ काभे्र शाखाका अध्यक्ष मोतीराम तिमल्सिना लगायतको टोलीले वडा न १ मा रहेको चन्द्रोदय प्राथमिक बिद्यालय, वडा न ६ मा रहेको गौलेश्वरी आधारभुत बिद्यालय र जनकल्यण आधारभुत बिद्यालयको निर्माणमा भइरहेको ढिलाईको बारेमा जानकारी लिएका थिए ।

Facebook Comments Box