रोशी सहकर्मी-फागुन ९,
२०७६,काभ्रे/

साँगामा रहेको विश्वकै अग्लो शिव मुर्ति देखी अन्य मन्दिरहरुमा दर्शनार्थीको घुइँचो लागेको छ । महाशिवरात्रीको अवसरमा शिव मन्दिरहरुको दर्शनार्थीको घुइँचो लागेको हो ।
यसैगरी १४३ फिट अग्लो उक्त शिव मुर्तिमा शिवरात्रीमा दर्शनार्थीको घुइँचो लाग्न थालेको थियो । विश्व कै अग्लो रहेको र उपत्यका्बाट नजिक रहेकाले दर्शनार्थी बर्षौ पिच्छे बढ्दै गएको व्यवस्थापन पक्षले जनाएको छ । अध्यक्ष कमल जैनले करिब एक लाख दर्शनार्थीले दर्शन गरेको अनुमान गरेको बताउनुभयो । अघिल्लो बर्ष शिवरात्रीमा ७० हजारले दर्शन गरेका थिए । यस बर्ष त्यो संख्या बढेको छ ।
दर्शनार्थी चापलाई मध्येनजर गरेर प्रहरी, काभे्रपलाञ्चोक जिल्लाको साँगा तथा भक्तपुर जिल्लाको चित्तपोलका स्थानीय महिला तथा युवाहरुले स्वंयसेवक भएर दर्शनार्थीलाई सहज बनाउन सहयोग गरेका थिए ।
त्यसैगरी शिवरात्री कै अवसरमा पनौती नगरपालिका वडा न ७ मा रहेको इन्द्रेश्वर महादेवमा १३२ वटुकद्धारा रुद्री पढाइएको थियो । त्यस्तै धनेश्वर मन्दिर लगायतमा पनि दर्शनार्थीको घुइँचो लागेको थियो । अन्य मन्दिरमा पनि दर्शनार्थी पूजाका लागि गएका थिए ।

Facebook Comments