यश कुमार परियार–भदौ २१,
२०७७,काभ्रे/

जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ४ काफ्ले थोकका नागरिकहरु कोरोना भाईरस अर्थात कोभिड–१९ को विरामी व्यवस्थापनको पुर्व तयारीमा लागी परेका छन् । विश्वभर महामारीको रुपमा फैलिरहेको नेभेल कोरोना भाईरसबाट जिल्लामा पनि संक्रमण तिव्र रुपमा फैलिरहेको र नगरपालिकामा पनि २ जना संक्रमितहरु आईसोलेसनमा रहेको कुरालाई मध्यनजर गरी भावि दिनमा वडामा पनि कोहि कसैलाई कोरोना संत्रलमण भएमा व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा शुक्रबार भेला बसेको थियो । उक्त भेलाले कोरोना संक्रमितलाई सामुदायिक क्वारेन्टाईन वा होम क्वारेन्टाईनमा व्यवस्थापन गर्न ११ जना सदस्य रहने गरी समिति गठन गरेको छ ।

सदस्यहरुमा राम बहादुर भुजेल, अर्जुन कार्की, केदार गिरी, कमल कार्की, हरिवोल गैरापीप्ली, शंकर गिरी, प्रदिप काफ्ले, रामहरी मैनाली, गोविन्द मैनाली, सुभास काफ्ले र ध्रुव प्रसाद काफ्ले रहेका छन् ।

समितिले वडामा रहेर कोभिड संक्रमितलाई बस्न क्वारेन्टाईन व्यवस्थापन गर्नेछ भने कोरोना भाईरसबारे जनचेतनामुलक कार्यक्रमहरु गर्ने समितिका सदस्य शंकर गिरीले जानकारी दिए ।

Facebook Comments