यश कुमार परियार–माघ १८,
२०७७,काभ्रे/

काभ्रे जिल्लाको बिपि राजमार्ग स्थित नमोबुद्ध नगरपालिका वडा नं २ को सेल्फिडाँडामा सुमो गाडि दुर्घटना हुँदा सुमोमा सवार ८ जना घाईते भएका छन् ।

काठमाण्डौबाट सिन्धुली हिँडेको ज १ ञ २३३ नम्बारको सुमो दिउँसो १ः३० बजे सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

तलबाट गएको प्रदेश नं ३–०२–००१ प ९७४५ नम्बरको मोटरसाईकल र माथिबाट आएको सुमो एक आपसमा ठोक्किँदा सुमो तल खसेको प्रत्यक्षदर्सीले बताएका छन् । बाइकमा सवार दुई जना पनि घाइते भएका छन् 

घटना स्थलमा अहिले प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरिरहेको छ । घाईते मध्ये २ जनाको अवस्था गम्भिर रहेको बताईएको छ । नमोबुद्ध नगरपालिकाको एम्बुलेन्सले घाईतेहरुलाई अस्पताल लगेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box