रोशी सहकर्मी–माघ ०१,
२०७६,काभ्रे/

ईलाका प्रहरी कार्यालय बनेपाले बनेपा नगरपालिका वडा नम्वर ९ स्थित मगर गाउँमा तास खेलिरहेको अवस्थामा जुवाडेहरुलाई पक्राउ गरेको छ । ५ जनालाई नियन्त्रणमा लिईएको छ भने १० जना भन्दा बढि भाग्न सफल भएका छन् । प्रहरीले उनीहरुको साथबाट १ लाख ६२ हजार २० रुपैया नगद बरामद गरेको छ । साथै ११ मोटरसाईल, २ वटा स्कुटी, १ एउटा कार पनि बरामद गरेका एक प्रहरीले बताएका छन् । उनीहरुलाई भोली पत्रकार सम्मेलन गरी सार्वजनीक गर्ने प्रहरीले बताएका छन् ।

Facebook Comments