–रेडियो सिन्धु

२०७७–जेठ १३,
सिन्धुपाल्चोक/

भारतबाट कपिलवस्तु हुँदै आएका २३ जनालाई विभिन्न क्वारेनटाईनमा राखिएको छ । बिहान ३ बजे सिन्धुपाल्चोकको चौतारा आईपुगेका २३ जनामध्ये १३ जनालाई जिल्ला समन्वय समिति चौतारामा निमार्ण गरिएको क्वारेनटाईनमा राखिएको छ । उनीहरूमध्ये १ जना सुनकोशी गाउँपालिका र अरु चौतारा सांगाचोकगढि नगरपालिका भित्रका रहेका छन् ।

नगरपालिका स्वास्थ्य शाखा प्रमुख शिव पुरीका अनुसार चौतारा सांगाचोगढि ११ र १२ नम्बरका दुई दुई जना साथै १४ नम्बर वडाका ८ जना रहेका छन् । यस्तै ईन्द्रावति गाउँपालिकाभित्रका ५ जनालाई एम्बुलेन्समा राखेर मेलम्चीको क्वारेनटाईनमा लगिएको स्वास्थ्य शाखा प्रमुख पुरीले जानकारी दिनुभयो । उक्त गाडिमा ललितपुरका ४ जना र पाचखालका १ जना व्यक्ति समेत आएको पाईएको छ ।

भारतमा रहेका उनिहरु कपिलवस्तु नाकाबाट नेपाल प्रवेश गरेका थिए । कपिलवस्तुबाट गाडि रिजर्भ गरेर आएका उनिहरुलाई काठमाडौ नाकाबाट प्रवेश नदिएपछि फेरी ईटहरी पुगेर सिन्धुली हुँदै सिन्धुपाल्चोक आईपुगेको रेडियो सिन्धुले खबर पठाएको छ ।

Facebook Comments