काभ्रे,
वैदेशिक रोजगारीको क्रममा कुवेतमा अलपत्र परेकी रोशी ६ निवासी कान्छी माया तामाङ (बिन्दु माया) को उद्धार भएको छ । नेपाली कांग्रेस रोशी काठमाडौं सम्पर्क समितिको विशेष पहलमा उनलाई आज बिहान नेपाल फिर्ता गरीएको हो । एजेन्टले करिव ८,९ महिना अघि उँहालाई भिजिट भिसामा लगेर राम्रो आम्दानी हुने कम्पनीमा काम लगाईदिने भन्दै कुवेत पठाएको थियो । तर त्यहाँ पुगेपछि कम्पनीले एक दुई महिना मात्र काम दिएको उनले बताएकी छिन् । उक्त कम्पनीले कामको बाहानामा कहिले कतार, दुवै पु¥याएर अनावश्यक दुःख दिएको बताइएको छ ।
सहयोगको लागि दुतावास तथा विभिन्न संघसस्थामा अपिल गरेतापनि दुतावास एवं संघसस्थाले सहयोगका लागि कुनैपनि पहल नगरेको पीडित कान्छि माया तामाङले गुनासो गरेकी छिन् । उनीजस्तै अन्य धेरै नेपालीहरु अलपत्र अवस्थामा रहेको उनले बताइन् ।