रोशी सहकर्मी–असोज २२,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा निर्माणाधिन खरेलथोक–कोशीदेखा–कालिन्जौर सडक खण्डको प्रदेश सांसद लक्ष्मण लम्सालले अनुगमन गरेका छन् । विगत दुई वर्षदेखि रोकिएको उक्त सडक खण्ड बिस्तार कार्यले बागमती प्रदेश सभा सदस्य सांसद लक्षमण लम्सालको पहलमा पुनः तिब्रता पाएको हो ।

सांसद लम्सालकै पहलमा प्रदेश सरकारबाट उक्त सडक खण्ड बिस्तारको लागि ९ करोड बजेट बिनियोजन भएको थियो । आज (बिहीबार) उक्त सडक बिस्तार कार्यको अवलोकलन गर्दै सांसद लम्सालले भने, ‘विकास एकैचोटी सम्भव हुदैँन, बिस्तारै हुने प्रक्रिया हो । विकाससँग जनतालाई जोड्ने क्रमलाई निरंतरता दिइरहनेछौँ । बहुवर्षीय योजना अन्र्तगतको यस सडक बिस्तार कार्यलाई निरन्तर रुपमा अगाडी बढाइनेछ । पुस मसान्तभित्र यस सडक बिस्तार कार्य सम्पन्न हुनेछ ।’

अहिले उक्त सडक खण्डअन्र्तगत ५ किलोमिटर सडक पिच हुने उनले योजना सुनाए । जनताको अपेक्षा अनुसारको विकासका कार्य अगाडी ल्याएकोमा स्थानीय हर्षित भएका छन् ।

सडक निमार्ण तथा बिस्तार कार्यको अनुगमन तथा अवलोकन प्रकाश ब्लोन, राजमान तामाङ, निर्माण व्यवसायी बिजय तामाङ, पुरुषोत्तम आचार्य, कुमार घोरासैनी, सन्तोष भेटवाल, कृष्ण प्रसाद आचार्य, सुन्दर पराजुली लगायतको अनुगमन टोलीले आज (बिहीबार) गरेको थियो । देश संघीय संरचनामा जानु अघि २०७२/०७३ मा उक्त सडक बिस्तार एवं निर्माण कार्य सुरु भएको थियो । विभिन्न कारणले गर्दा उक्त सडक बिस्तार रोकिएको थियो ।

Facebook Comments Box