काभ्रे,
शेर्पा समुदायले आज ग्याल्पो ल्होछार पर्व मनाउँदैछन् । नयाँ वर्षको रूपमा विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होछार मनाइन्छ । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होछार सुरु हुन्छ । सरकारले ग्याल्पो ल्होछार पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
यो पर्वका अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ ।