Friday, June 5, 2026
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी गाउँपालिकाको ८ औँ स्थापना दिवसः ४ जना कर्मचारी पुरस्कृत

RadioRoshi by RadioRoshi
सोमवार, फाल्गुन २८, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
रोशी गाउँपालिकाको ८ औँ स्थापना दिवसः चार कर्मचारी पुरस्कृत
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रोशी गाउँपालिकाले हिजो (आईतबार) आफ्नो ८ औँ स्थापना दिवस मनाएको छ । गाउँपालिकाको ८ औँ स्थापना दिवसको अवसरमा उत्कृष्ट रोशी सेवा पुरस्कार र रोशी सेवा पुरस्कारबाट चारजना कर्मचारी पुरस्कृत भएका छन् । हिजो (आईतबार) गाउँपालिकाको सभाहलमा एक कार्यक्रमका बिच कर्मचारीहरुले गरेका कार्यको सुचक को आधारमा गाउँपालिकाले चारजना कर्मचारीहरुलाई पुरस्कृत गरेको हो ।
पुरस्कृत हुँनेहरुमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ रहनुभएको छ । उँहा उत्कृष्ट रोशी सेवा पुरस्कारबाट पुरस्कृत हुँनुभएको हो । तामाङ नगद २५ हजारसहित सम्मानपत्र, मेडल, दोसल्ला, माला र खादाले सम्मानित हुँनुभएको छ । त्यसैगरी गाउँपालिकाका जिन्सी शाखा प्रमुख जयप्रसाद गजुरेल, लेखा शाखाका कम्प्युटर अप्रेटर पेमा नाम्गेल लामा र वडा नं. ११ का वडासचिव मानवीर लामा रोशी सेवा पुरस्कारबाट पुरस्कृत भएका छन् । रोशी सेवाबाट पुरस्कृत हुने तीनैजनालाई नगद १० हजारसहित सम्मानपत्र, मेडल, दोसल्ला, माला र खादाले सम्मान गरिएको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामाले जनताको सेवाप्रवाहमा कर्मचारीले उत्कृष्ट कार्यसम्पादन गरेको बताउनुभयो । कर्मचारीहरुलाई प्रोत्साहन गर्न पालिकाले पहिलोपल्ट उत्कृष्ट कर्मचारी पुरस्कृत गरीएको उँहाको भनाई छ । जनप्रतिनिधिको योजना र कर्मचारीको मिहिनेतले गाउँपालिका उत्कृष्ट हुँदै गएको उँहाको भनाइ छ । यसअघि आर्थिक वर्ष ०७९÷८० को कार्यसम्पादन मूल्यांकनमा काभ्रेका १३ स्थानीय तहहरूमध्ये रोशी गाउँपालिका उत्कृष्ट भईरहेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार ४८.३९ अंक प्राप्त गरी रोशी काभ्रेकै उत्कृष्ट पालिका बनेको थियो ।
त्यसैगरी गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइबाले सहिदहरूको बलिदानीबाट संघीयताको स्थापना भएको र तीन तहको सरकार बनेको बताउनुभयो । गाउँपालिका स्थापना भएपछि जनताको विकासमा सहयोग पुगेको बताउँदै जनप्रतिनिधिको योजना र भिजन पूरा गर्न कर्मचारीको सहयोग चाहिने उँहाको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत तामाङले जनप्रतिनिधिको सपना साकार गर्न कर्मचारी दत्तचित्त भएर लागेको बताउनुभयो । कार्यक्रममा गाउँपालिका प्रवक्ता तथा वडा नं. १२ का वडाध्यक्ष वसन्तकुमार लामा, वडा नं. ७ का वडाध्यक्ष अशोक गौतमलगायतले उत्कृष्ट काम गर्नेलाई पुरस्कृत र गलत काम गर्नेलाई दण्डित गर्ने अभ्यासको सुरुवात भएको बताएका छन् । कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्ष तथा जनप्रतिनिधि र कर्मचारीको उपस्थिति थियो।

You might also like

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

Previous Post

शेर्पा समुदायले आज ग्याल्पो ल्होछार पर्व मनाउँदै, देशभर सार्वजनिक बिदा

Next Post

महादेव मन्दिर निर्माणार्थ चरंगेफेदीमा शिवपुराण धान्याञ्चल ज्ञान महायज्ञ

RadioRoshi

RadioRoshi

Related Posts

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

चौंरीदेउरालीमा मोटरसाईकल दुर्घटना हुँदा रोशीका कुमार लामाको मृत्यु

पहिरोमा परी ताप्लेजुङमा एकै परिवारका ४ सदस्यको मृत्यु

शुक्रबार, जेष्ठ ३२, २०८१
आगलागी पिडित तामाङलाई तत्कालै राहत व्यवस्थापन गर्ने अध्यक्ष लामाको प्रतिबद्धता

आगलागी पिडित तामाङलाई तत्कालै राहत व्यवस्थापन गर्ने अध्यक्ष लामाको प्रतिबद्धता

मङ्लबार, पुस १७, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.