रोशी सहकर्मी–साउन १७,
२०७७,सिन्धुली/

डिभिजन वन कार्यालय सिन्धुलीले अन्य कर्मचारी र सेवाग्राहीलाई समेत कोभिड –१९ सं क्रमण हुने संभावना बढेको भन्दै शनिबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि सबै किसिमको सेवा ब न्द गरिएको जनाएको छ ।

तीन दिन अघि सिन्धुली जिल्लामा बैज्ञानिक वनको अनुगमन गर्न आउनु भएका बैज्ञानीक वन अनुगमन छानविन समितिका संयोजक तथा संघिय सांसद प्रदिप यादबलाई कोभिड–१९ सङक्रमण पुष्टि भएको र उहाँको सम्पर्कमा कार्यालय प्रमुख लगायतका कर्मचारीको भएकोले उक्त सेवा अनिश्चित समयका लागि बन्द गरेको कार्यालयले जनाएको छ ।

समितिका संयोजक सासंद प्रदिप यादवको नेतृत्वमा आएको उपसमितिले साउन १४ गते जिल्लाको दुधौली नगरपालिका–३ मा रहेको विकासपुर सामुदायिक वनको उपभोक्ताहरुसँग अन्र्तक्रिया र वैज्ञानिक वन अन्र्तगत भएको रुख कटानको स्थलगत अनुगमन तथा घाटगद्दि स्थलको अनुगमन समेत गरेको थियो ।

Facebook Comments