रोशी सहकर्मी-साउन १८,
२०७७,काभ्रे/

काभ्रेको रोशी गाउपालिका वडा नं. ९ स्थित मंगलटारमा गाडी र बाईक एकआपसमा ठोक्किदा दुईजना घाईते भएका छन् । आज दिउँसो करिब ४ः३० बजे काठमाण्डौँबाट सिन्धुली तर्फ जाँदै गरेको बा १३ च ८९३१ नम्बरको मालबाहक हात्ती गाडि र बनेपा तर्फ आउँदै गरेको बा ८३ प ३७७ नम्बरको पल्सर बाईक एकआपसमा ठोक्किदा मोटरसाईकल चालक मण्डन देउपुर नगरपालिका वडा नम्बर ११ का कृष्ण सुन्दर श्रेष्ठ र पछाडी बसेका अर्का एक जना पुरुष घाईते भएका छन् ।

घाईते दुई जना मध्ये चालक श्रेष्ठ गम्भिर घाइते भएका छन् । उनिहरुको धुलिखेल अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यलकककय मंगलटारका इन्स्पेक्टर धर्म जंग थिङले जानकारी दिएका छन् । थिङका अनुसार मालबाहक गाडी आफ्नै साईडमा आइरहेको र बाईकले अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा हात्तीगाडि सँग ठोकिएर दुर्घटना भएको हो । अहिले सवारी चालक, सवारी र मोटरसाईकललाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उनले बताएका छन् ।

Facebook Comments